१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

रूखबाट लडेर मृत्यु

छोटकरी

वनगाड कुपिन्डे नगरपालिका ३, काभ्राका ४७ वर्षीय चञ्चल पुनको रूखबाट लडेर मृत्यु भएको छ।

 

सल्यान (कास)– उपचारका लागि स्थानीय स्वास्थ्यचौकी लैजाँदै गर्दा शनिबार उनको मृत्यु भएको हो। उनको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ। उनका पत्नी, ३ छोरा र २ छोरी छन्। 

जिससमा माओवादी केन्द्र र एमालेको गठबन्धन
हुम्ला (कास)– जिल्ला समन्वय समितिको पदाधिकारी चुनावका लागि माओवादी केन्द्र र एमालेबीच गठबन्धन भएको छ। दुई दलबीच गठबन्धन भएपछि ५ पद माओवादी केन्द्र र ४ पद एमालेले लिने सहमति भएको छ। संयुक्त प्यानलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिएको जनाएको छ। 
कार्यालयका अनुसार संयोजकमा माओवादी केन्द्रका दानबहादुर रावत र उपसंयोजकमा एमालेका खगेन्द्र कार्कीले उम्मेदवारी दिएका छन्। सदस्यमा माओवादी केन्द्रका कोताम्बा लामा, दानसिंह दमाई, लक्ष्मी ऐडी, जीवन रावल, एमालेका जसुु परिवार, अजवीर शाही र छेजुङ लामाले उम्मेदवारी दिएका छन्। गठबन्धनसँग कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्दै छ। कांग्रेसबाट तक्दिर लामाले संयोजकमा र सुना बुढाले उपसंयोजकमा उम्मेदवारी दिएका छन्। सदस्यमा गोइलुमा रावत, इसरा शाही, धना शाही, खडक कोली, कालु बुढाथोकी, बलबहादुर लामा र बाचपुरी सुनारले उम्मेदवारी दिएका छन्। ७ गाउँपालिका भएको हुम्लामा माओवादी केन्द्रले ४ अध्यक्ष र २ उपाध्यक्ष, कांग्रेसले २ अध्यक्ष र २ उपाध्यक्ष तथा एमालेले १ अध्यक्ष र ३ उपाध्यक्ष जितेको थियो।

प्रकाशित : श्रावण १५, २०७४ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?