रसुवागढी नाका सुचारु

कान्तिपुर संवाददाता

रसुवा — चिनियाँ भन्सार प्रतिनिधिले सेवा शुल्क बढाएपछि दुई सातादेखि अवरुद्ध रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आउने भएको छ । रसुवागढी भन्सार र केरुङस्थित जिलोङ भन्सार प्रतिनिधिबीचको छलफलपछि नाका सुचारु हुने भएको हो ।

चिनियाँ भन्सार प्रतिनिधिले सेवा शुल्क बढाएपछि दुई सातादेखि अवरुद्ध रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आउने भएको छ । रसुवागढी भन्सार र केरुङस्थित जिलोङ भन्सार प्रतिनिधिबीचको छलफलपछि नाका सुचारु हुने भएको हो । छलफलमा शुल्क घटाउने सहमतिपछि नेपाली व्यवसायीले नाकामा रोकिएका सामानहरू आयात गर्ने जनाएका छन् । केरुङका प्रतिनिधिले प्रतिकन्टेनर सामान छुटाएबापत २ हजार ५ सय युआन लिने सहमति भएको छ। नेपाली व्यवसायीले आयातमा तिर्ने शुल्कमा शत प्रतिशत वृद्धि गरेपछि नाका अवरुद्ध भएको थियो । चिनियाँ प्रतिनिधिले ५ हजार युआन प्रस्ताव गरेका थिए। प्रमुख भन्सार अधिकृत केदार पनेरूका अनुुसार जिलोङ पोर्टका डुपटी लिउ ज्यान, केरुङ भन्सारका प्रमुख अधिकृत याङ फाइको रोहबरमा चिनियाँ भन्सार प्रतिनिधिले उक्त रकममा कन्टेनरको सामान पठाउन सहमत भएका हुन्।

प्रकाशित : श्रावण १६, २०७४ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?