२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

जनै पूर्णिमा जात्रा सुरु

छोटकरी
कान्तिपुर संवाददाता

हुम्ला — साउने पूर्णिमाका अवसरमा धामी नाचेर मनाइने जनै पूर्णिमा जात्रा सुरु भएको छ । तीन दिनसम्म धामी र तीन दिन देउडा नाचेर जात्रा मनाइने चलन छ ।

जात्राका अवसरमा दिनमस्टो, कालासिल्तो र बॉडफालो मन्दिरमा पूजा गरी धामी नाच सुरु हुन्छ । हुम्ला मा मन्दिरलाई माडु भनिन्छ । बिहान ब्राह्मणले माडुमा होम गरेपछि पूजा सुरु हुन्छ । पूजा सकिएपछि दिउँसो धामीनाच देखाइन्छ । मन्दिरका मुख्य धामीले महत्त्वपूर्ण भविष्यवाणी गर्ने गरेकाले जात्रालाई महत्त्वका रूपमा लिइँदै आएको स्थानीयले बताए । पूजाको दिन बेलुका युवायुवती देउडामा रमाउँछन् । त्रयोदशीदेखि सुरु हुने जात्रामा पूर्णिमासम्म धामी नाच र परेवाको दिनदेखि तीन दिनसम्म देउडा नाचमा हुने स्थानीय अगुवाको भनाइ छ । जात्रा हेर्न सदरमुका जम्मा भएकाले दोहोरी गाउने र नाच्छन् । जिल्लामा दसैंभन्दा धामीको नाचलाई महत्त्व दिइन्छ । जात्राका लागि स्थानीयले नयाँ कपडा खरिद गर्ने, गहना किन्ने र मिष्ठान्न खाने चलन कायमै छ ।

 

प्रकाशित : श्रावण २४, २०७४ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?