दलदलमा त्रिवि

‘त्रिवि संकटमा मानविकी संकाय’ पढ्दा त्यही संकायको शिक्षक हुनुका नाताले पीडा भयो नै । अझ पीडा त सिङ्गो त्रिविको हविगत देख्दा हुने गरेको छ ।

दलदलमा त्रिवि

‘त्रिवि संकटमा मानविकी संकाय’ पढ्दा त्यही संकायको शिक्षक हुनुका नाताले पीडा भयो नै ! अझ पीडा त सिङ्गो त्रिविको हविगत देख्दा हुने गरेको छ । त्यसैले संकटमा मानविकी संकाय होइन, कठै त्रिविको हविगत भन्नुपर्ने भएको छ । राजनीतिक दलको कोटामा पदाधिकारी बनेर आएपछि संस्थाप्रति होइन, उसैप्रति बफादार बन्ने विडम्बनापूर्ण परम्परा बस्यो । उनीहरूको काम त्रिविलाई समयानुुकूल बनाउँदै लैजाने र गरिमा बढाउने नभई निजी कलेजलाई सम्बन्धन दिने र दाताहरू अर्थात् पदाधिकारी बनाउने व्यक्ति र पार्टीलाई खुसी बनाउने हुनपुग्यो । फलत: ६० वटा आङ्गिक क्याम्पस चलाउने त्रिविले ११ सयभन्दा बढीलाई सम्बन्धन दियो । त्रिविकै गरिमा बनेका पुलचोक र महाराजगन्ज क्याम्पसलाई कमजोर पार्न लाग्यो । अस्कल, त्रिचन्द्र, पिके क्याम्पसको पर्खाल जोडेर निजी क्याम्पस खोलियो । समयसँगै पदाधिकारी स्वयम्को आङ्गिकभन्दा निजी क्याम्पसतर्फ मोह बढ्न थाल्यो । शिक्षा क्षेत्र माफियाहरूको हातमा पुग्यो । विभिन्न संकायमा डिन नियुक्तिका लागि ठूलो चलखेल हुन थाल्यो । स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तनको माग गर्दै अनशन बस्ने डा. गोविन्द केसीले समेत डिन नियुक्तिको माग राख्नुपर्‍यो । चाहेर वा नचाहेर, जानेर वा नजानेर शिक्षाक्षेत्र माफियाको हातमा पुगिसक्यो । मानविकी संकायमात्र होइन, त्रिवि नै त्यसको दलदलमा फँस्यो ।
– डा. ढाकाराम सापकोटा
आर.आर. क्याम्पस, काठमाडौं

प्रकाशित : श्रावण २४, २०७४ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?