कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला मृत फेला

छोटकरी
कान्तिपुर संवाददाता

बैतडी — पाटन नगरपालिका १ सकारका घाँस काट्न गएकी महिला मंगलबार मृत भेटिएकी छन् । सोमबार घाँस काट्न निस्केकी स्थानीय ३४ वर्षीया हरू विक मंगलबार दिउँसो सुर्नया खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

मृत्युको कारण खुलेको छैन । 

हाम फालेर आत्महत्या 
जाजरकोट (कास)– बारेकोट गाउँपालिका १, रामीडाँडाका ५१ वर्षीय धनबहादुर बुढाले गाउँ तलको ढाँडखोलामा हाम फालेर आत्महत्या गरेका छन् । बुढाले सोमबार कसैले थाहा नपाउने गरी पानीको बहाव उच्च भएको खहरेमा हाम फालेका थिए । उनी १० वर्षदेखि प्यारालाइसिसले थलिएका थिए ।

चोरी आरोपमा पक्राउ 
गुलरिया (कास)– मोटरसाइकल चोरर भारत लग्दै गरेका भारतीय नागरिक पक्राउ परेका छन् । गुलरिया– ५ मिलनटोलस्थित रामजी श्रेष्ठको घर बाहिर राखेको भे३प ६६३३ नम्बरको हिरोहोण्डा मोटरसाइकलसहित भारत बहराइचका ओमप्रकाश लोधलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

प्रकाशित : श्रावण २५, २०७४ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?