कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुटेरा पक्राउ

छोटकरी
कान्तिपुर संवाददाता

भक्तपुर — महानगरीय प्रहरी प्रभाग खरिपाटीले शुक्रबार एक लुटेरा पक्राउ गरेको छ । मोरङ उर्लाबारी घर भई बनेपा बस्ने २६ वर्षीय माधवराज गौतमलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो । उनी नगरकोट जाने भनी बा२ख १२४९ नम्बरको ट्याक्सी रिजर्भ गरेर चालकलाई लुटेपछि फरार भएका थिए ।

उनले काठमाडौं महानगरपालिका–७ का २६ वर्षीय सुमन दंगालको साथबाट ५ हजार ९ सय ७० रुपैयाँ, सुनको मुद्रा, चाँदीको सिक्री र सामसुङ मोबाइल लुटेका थिए । पक्राउ परेसँगै गौतमको साथबाट लुटिएका नगद तथा सरसामान बरामद भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाईंले बताए । प्रहरीका अनुसार लुटपाटमा संलग्न अर्का व्यक्तिको भने खोजी कार्य भइरहेको छ । 

 

प्रकाशित : श्रावण २८, २०७४ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?