कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

‘स्वदेशी शिक्षा सबैको इच्छा’

कान्तिपुर संवाददाता

काठमाडौं — यो मेला किन ?
‘स्वदेशी शिक्षा सबैको इच्छा’ हाम्रो मूल नारा रहेको छ । यसको अर्थ स्वदेशमा रहेका युनिभर्सिटी र त्यसअन्तर्गत कलेजहरूको विश्वसनियता, गुणस्तरलाई सार्वजनिक रूपमा जानकारी दिने शैक्षिक मेला हो । प्लस टु पास गरेर ब्याचलर्स पढ्ने तयारीमा रहेका, त्यसैगरी ब्याचलर्स सकेर मास्टर्सको भर्ना हुन गइरहेका विद्यार्थीलाई लक्षित गरी मेलाको आयोजना गरिएको हो ।

‘स्वदेशी शिक्षा सबैको इच्छा’

यो मेला किन ?

‘स्वदेशी शिक्षा सबैको इच्छा’ हाम्रो मूल नारा रहेको छ । यसको अर्थ स्वदेशमा रहेका युनिभर्सिटी र त्यसअन्तर्गत कलेजहरूको विश्वसनियता, गुणस्तरलाई सार्वजनिक रूपमा जानकारी दिने शैक्षिक मेला हो । प्लस टु पास गरेर ब्याचलर्स पढ्ने तयारीमा रहेका, त्यसैगरी ब्याचलर्स सकेर मास्टर्सको भर्ना हुन गइरहेका विद्यार्थीलाई लक्षित गरी मेलाको आयोजना गरिएको हो ।

उद्देश्यचाहिँ ?
खास उद्देश्य भनेको उच्च शिक्षा पढ्नका लागि बिदेसिनु पर्दैन । स्वदेशमै अन्तर्राष्ट्रिय कोर्सहरू पढाइन्छ । विश्वभरिका झन्डै दुई सय देशमा पढाइने कोर्स र विषयबारेमा जानकारी दिएर यहीं पढ्न उपयुक्त छ भनेर विद्यार्थी र अभिभावकलाई विश्वास दिलाउनु हो । अर्को शब्दमा भन्नुपर्दा विदेश पलायन रोक्ने हो ।

यसपालि कुन–कुन युनिभर्सिटी र कलेजहरू सहभागी छन् ?
टीयू, केयू, पोखरा र पूर्वाञ्चल युनिभर्सिटी र त्यसअन्तर्गतका कलेजहरूको सहभागिता छ । त्यसैगरी विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमै चलाइएका कलेजहरूसमेत सहभागी छन् ।

खासगरी कुन फयाकल्टी र विषयलाई बढी केन्द्रित छ ?
खासगरी म्यानेजमेन्ट, आईटी र हयुमानिटिज गरी यी तीनवटालाई फोकस गरिएको छ । म्यानेजमेन्टभित्र बीबीए, एमबीए, बीएचएम, बीएचईएम, बीटीटीएमलगायत पर्छन् । त्यस्तै, आईटीमा बीआईटी, बीआईएम, बीएस्सी सीएसआईटी पर्छन् । हयुमानिटिजमा ब्याचर्ल इन डेभलपमेन्ट स्टडिज, बीएसडब्लू, बीओएसएस (ब्यालर्स अफ सोसल साइन्स) लगायत छन् । यी सबै कोर्स ब्रान्डेड हुन् । विश्वभरि जहाँ गए पनि उस्तै हुन्छ । दुई सयभन्दा बढी देशको कार्यक्रम हो । नेपालमा मात्रै डिजाइन गरिएको कोर्स होइन ।

शैक्षिक मेलाबाट कस्तो अपेक्षा राखिएको छ ?
उद्देश्य अहिलेको युवा शक्ति प्लस टु पास गरेका, ब्याचलर्स पास गरेका युवा शक्तिलाई देशमै उत्पादनशील बनाउने हो । स्वदेशमै पढ्यो भने भोलि देश बनाउने सपना देख्छ । पाँच वर्षपछि, दस वर्षपछि आ–आफ्नो क्षेत्रमा जानका लागि सहज हुन्छ । देशको विकास गर्नका यो युवाशक्ति चाहिन्छ । व्यक्तिगत सफलता खोज्ने अनि देशकै निम्ति योजना बनाउँछ । इन्डिया बनेको कारण युवाको संख्या बढी भएर हो । चीन बनेको कारण युवाशक्ति बढी भएकोले हो । नेपालमा पनि जनसंख्या युवाको बढी छ । तर, विदेश पलायन बढ्दो छ । भोलि फर्केर आउने कम छ । अहिले नै कम फर्किदै छन् । देशभित्र रहेर केही गर्नुपर्छ । गरेर देखाउनुपर्छ भन्ने भावनाका विकास गराउनुपर्छ र गर्न सकिन्छ भन्ने अपेक्षा राखिएको छ ।

प्रकाशित : श्रावण २८, २०७४ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?