सरिताको सहयोगार्थ कार्यक्रम

छोटकरी

ललितपुर — आफ्नो कलेजो दान दिई बुबाको जीवन बचाउने सरिता महर्जनको सहयोगार्थ नेपा: डान्स एकेडेमीले बुधबार राजधानीमा सांगीतिक कार्यक्रम ‘होप’ गरेको छ ।

कार्यक्रममा गायक कमल के. क्षेत्री, गायिका तुनाबेल थापा, बी–एट ब्यान्डका साथै नेपाल आइडल कार्यक्रमबाट चर्चित बनेकी गायिका केन्जल मेहेर श्रेष्ठसमेतले आफ्नो सांगीतिक प्रस्तुति दिए ।
बुबाको कलेजो प्रत्यारोपणसँगै मृगौला रोगले पीडित आफ्नी आमाको डाइलोसिस गराउँदैमा आर्थिक समस्या भोगिरहेकी सरिताको सहयोगार्थ आयोजना गरिएको कार्यक्रममा सम्पूर्ण कलाकारले योगदान दिएका थिए । सरिताको सहयोगका लागि सबै कलाकारले बिनापारिश्रमिक कार्यक्रममा प्रस्तुति दिए । कार्यक्रममा सरिता स्वयं पनि उपस्थित थिइन् । दर्शकसामु सरिता उभिँदा कार्यक्रमको माहोल भावुक बनेको थियो । 

 

प्रकाशित : भाद्र ८, २०७४ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?