२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

‘चुल्ठो काटिएका’ माथि अनुसन्धान

शंकर आचार्य

पर्सा — दुई साताअघि वीरगन्ज–१६ नगवाकी ३० वर्षीया बगडी चमार ओछ्यानमा बेहोस भइन् । उनलाई तत्काल नारायणी उपक्षेत्रीय अस्पताल लगियो ।

‘चुल्ठो काटिएका’ माथि अनुसन्धान

होसमा आएपछि उनले कसैले आफ्नो चुल्ठो काटेकाले बेहोस भएको बताइन् । साउन ३० गते वीरगन्ज–३ छपकैयाकी ३० वर्षीया तबस्मुन खातुन पनि सिँढीबाट ओर्लंदै गर्दा बेहोस भइन् । उनको पनि चुल्ठो काटिएको थियो । आफूलाई कसैले पछाडिबाट प्रहार गरेको खातुनको दाबी छ ।
पछिल्ला दिन यस्ता घटनाको उजुरी बढेका छन् । प्रहरीले यी घटनाका पीडित दाबी गरिएका महिलामाथि अनुसन्धान थालेको छ । एसपी सुदीप गिरीले जनजीवन आतंकित बन्दै गएपछि ठूलो रूप नलेओस् भनेर अनुसन्धान थालिएको बताए । ‘हामीले अस्पताल आएका महिलाको केस स्टडी गरेका छौं,’ उनले भने, ‘उनीहरूको अन्तर्वार्ता, भिडियो रेकर्ड राख्ने तथा मानसिक, शारीरिक र मनोवैज्ञानिक अवस्था अध्ययन गरिरहेका छौं ।’
अहिलेसम्म यस्ता २० वटा उजुरी आएको र तिनमा सबै घटना रातको समयमा भएको दाबी गरिएको छ । महिलाहरूले घरबाहिर शौच गर्न जाँदा, घरआँगनको काम गरिरहँदा, घाँस काटिरहँदा यस्तो घटना भएको जनाएका छन् । केहीले घरमै खाना पकाउँदा, टेलिभिजन हेरिरहँदा र सुतिरहेको अवस्थामा चुल्ठो काटिएको बताए । चार जनाले भने नौलो र ठूलो कीरा आएर कपाल टोकेको प्रतिक्रिया दिए । केही पछाडिबाट धक्का दिइएको, कालो बिरालो, सेतो, कालो र चम्किलो छाया आएको दाबी गर्नेहरू पनि छन् ।

प्रकाशित : भाद्र ८, २०७४ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?