मेलम्ची सडकमा पहिरो

सिन्धुपाल्चोक — अविरल वर्षाले मेलम्ची नगरपालिकाको मेलम्ची बजारमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । पहिरोले दुई घरमा क्षति पुगेको छ ।

मेलम्ची सडकमा पहिरो


मंगलबार राति ढिस्को र रूख खस्दा यातायात अवरुद्ध भएको हो । पहिरोले ढलाएका रूख घरमाथि परेका थिए । पहिरोले स्थानीय त्रस्त रहेको र हेलम्बुलगायत जिल्लाको पश्चिम भेग जाने यातायात अवरुद्ध भएको स्थानीय श्याम खड्काले बताए । मेलम्चीस्थित इलाका प्रहरीका निरीक्षक नवराज ढुंगानाका अनुसार जिरोकिलोबाट मेलम्ची आउजाउ गर्ने सडक पनि वर्षाले भत्किएको छ ।

प्रकाशित : भाद्र ८, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?