पदमको संस्मरण

काठमाडौं — पदम राईद्वारा बान्तावा राई भाषामा लिखित ‘किरावा सान्दिवा’ संस्मरण कृति सार्वजनिक गरिएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा प्रकाशित उक्त कृति भाषाशास्त्री प्रा. नोवलकिशोर राईले सार्वजनिक गरे ।

पदमको संस्मरण


युवा भाषाशास्त्रीसमेत रहेका लेखक राईले मुलुकका विभिन्न मातृभाषाको अवस्थाबारे स्थलगत अध्ययन, अनुसन्धान, वर्णनिर्धारणका क्रममा उठेका अनेक जिज्ञासा, अनुभूतिजस्ता विषय कृतिमा समेटेका छन् । विमोचित संग्रहमा मुख्यत: बान्तावा, तिनगाउँले थकाली, राजवंशी, किसान, मेचे, डगौरा थारू, लिङखिमलगायत भाषाको विषयका दश लेख छन् । बुङवाखा मासिकका सम्पादकसमेत रहेका राईको यो पाँचौं कृति हो ।

प्रकाशित : भाद्र ८, २०७४ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?