‘कोसी उच्च बाँध आवश्यक’

धरान — वाणिज्य मन्त्री मीन विश्वकर्माले कोसी उच्च बाँध निर्माणले देशको विकासमा टेवा पुग्ने भएकाले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग विस्तृत अध्ययनका लागि सहमति गरेको दाबी गरेका छन् ।

‘कोसी उच्च बाँध निर्माणले नेपाललाई बहुआयामिक फाइदा पुग्ने भएकैले डीपीआरलाई पूर्णता दिन जरुरी छ,’ उद्योग वाणिज्य संघ सुनसरीको ५४ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा मन्त्री विश्वकर्माले भने ।
कोसी उच्च बाँधको विभिन्न आदिवासी जनजाति संघसंस्था, खम्बुवान मोर्चा, पूर्वका लिम्बुवानजन्य राजनीतिक दल, आईएलओ १६९ पक्षधरलगायतले विरोध गर्दै आएका छन् । कोसी
उच्च बाँध पश्चिममा उदयपुरको मैनामैनी र पूर्व सुनसरीको बराहक्षेत्र मन्दिर नजिकै भएर साँघुरो
घाँटीमा २ सय ६९ मिटर अग्लो १ किलोमिटर लम्बाईको बाँध निर्माणका लागि भारतले दबाब दिँदै आएको छ ।

प्रकाशित : भाद्र १४, २०७४ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?