छाउपडी रोक्न कानुनले पुग्दैन

सुदूरपश्चिम र मध्यपश्चिमका महिलाका लागि अभिशापका रूपमा रहेको छाउपडी प्रथा (रजस्वलाको बेला गरिने व्यवहार) को समाधानका लागि कानुन बनाउनु असल काम हो, तर यो प्रथा कानुनको बलमा रोकिनेवाला छैन ।

छाउपडी रोक्न कानुनले पुग्दैन

पूरै सुदूरपश्चिम र मध्यपश्चिमको अधिकांश भागमा बलियो जरा गाडिसकेको यो कुरीतिलाई हटाउन कानुनभन्दा पनि बढी जनचेतनाको खाँचो देखिन्छ । सुदूरपश्चिमको मात्रै कुरा गर्ने हो भने छाउपडी प्रथाको उल्मूलन हुन अझै एक सय वर्षभन्दा पनि बढी समय लाग्ने देखिन्छ । रजस्वला भएकी बुहारीलाई घरभित्र सुताए दुधारो भैंसी वा गाईको दूध सुक्ने विश्वास गरिन्छ जुन जोखिम सासूले मोल्न सक्दिनन् । पढे–लेखेका ससुराले समेत छुयान्त (छुईको लसपस) भएर बिरामी हुने भ्रम पालेका हुन्छन् । आमाबाबुलाई अनुसरण गर्नुपर्ने बाध्यताले आधुनिक विचारका श्रीमान्ले पनि घरदेखि पर अलग्गै ठाउँमा बनेको कटेरो (गोठ) मा राति एक्लै सुताउनु हुँदैन भनी श्रीमतीको पक्षमा एक शब्द बोल्न सक्दैनन् । अनि कसरी हुन्छ छाउपडी प्रथाको निराकरण ? छाउपडी प्रथाको साँच्चिकै निराकरण गर्ने हो भने व्यवहार परिवर्तनमूलक चेतना अभिवृद्धि हुन जरुरी छ । छाउपडी प्रथालाई जरैदेखि उखेलेर फाल्न आजका युवा–युवती तथा किशोर–किशोरीले यसविरुद्ध खुलेर अगाडि बढ्न र आ–आफ्नो घर समाजमा चेतना जोगाउनसमेत जरुरी छ । 
– शिवराजसिंह बलायर
महेन्द्रनगर, कञ्चनपुर

 

प्रकाशित : भाद्र १४, २०७४ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?