कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

‘निलम्बन गर्ने निर्णय यथास्थितिमा राख’

म्याग्दी — नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला तथा नगर उपाध्यक्ष प्रमोद श्रेष्ठलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ ।


महासंघको असार ६ को कार्यकारिणी बैठकले विधान विपरीत बेनी नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएको भन्दै श्रेष्ठलाई निलम्बन गर्दै सोही पदमा भदौ १९ मा निर्वाचन गर्ने मिति तय गरेको थियो । सर्वोच्च अदालते दुवै पक्षलाई भदौ २७ मा उपस्थित भई आफ्ना भनाइ राख्न आदेश गर्दै महासंघको निर्णय यथास्थानमा राख्न भनेको छ । अदालतको आदेशले निर्वाचन रोकिएको छ ।
‘सर्वोच्च अदालतको आदेशले भदौ २७ मा दुवै पक्षलाई बोलाएको छ,’ श्रेष्ठले भने, ‘गलत मनसायले विधानको अपव्याख्या गरी अन्यायपूर्वक निलम्बन गरिएकाले सर्वोच्चबाट न्याय पाउने विश्वास छ ।’
म्याग्दी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुँदै अघिल्लो कार्यकाल खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित श्रेष्ठले पछिल्लो महाधिवेशनमा संस्थापन राणा पक्षका दिनेश श्रेष्ठलाई पराजित गरी जिल्ला तथा नगर उद्योग वाणिज्य संघबाट महासंघको उपाध्यक्ष निर्वाचित भएका हुन् । श्रेष्ठ संस्थापन राणा प्यानल बाहिरबाट चुनाव जित्ने एक्ला हुन् ।
महासंघको जिल्ला तथा नगर उपाध्यक्ष पदमा विजयी भएका श्रेष्ठ स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट बेनी नगरपालिकाको प्रमुख पदमा उम्मेदवार भई ४५ मतको झिनो मत अन्तरले कांग्रेसका हरिकुमार श्रेष्ठबाट पराजित भएका थिए ।

प्रकाशित : भाद्र १७, २०७४ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?