कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चेपाङ गाउँमा सोलार

बरबोट — चेपाङ गाउँका तिलकबहादुर चेपाङको घरबाट करिब ५० मिटरको दूरीमा तार टाँगिएको बिजुलीको खम्बा छ । गाउँ नजिक ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना पनि छ ।

तर, उनको घरसम्म बिजुली भने पुगेको छैन । बरु अहिले सोलार जोडिएको छ ।
उनका छिमेकी बलबहादुरको घरमा पनि सोलार राखिएको छ । उनकी पत्नी सानुमायाका अनुसार ३ बल्भ छन् । पहिले अँध्यारो कोठामा जानसमेत डराउने उनी सोलार जडान भएपछि काम गर्न सहज महसुस गरेको बताउँछिन् । ‘बत्ती दिएन, सोलार दियो । काम गर्न सजिलो भएको छ,’ उनले भनिन् । बेंसीसहर नगरपालिका–११ मा ८ घर चेपाङ छन् ।
नेपाल चेपाङ संघकी जिल्ला अध्यक्ष कल्पना चेपाङका अनुसार मिटर बक्स किन्ने र तार टाँग्ने पैसा नभएकाले घरमा बिजुली नबलेको हो । उनका अनुसार वातावरण मन्त्रालयको सहयोगमा जिल्ला भूसंरक्षण कार्यालयमार्फत हरेक घरमा सानो आकारको सोलार प्यानल जडान गरेपछि अहिले दैनिकी निकै सहज भएको छ ।

प्रकाशित : भाद्र २५, २०७४ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?