१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कालीगण्डकीमा खसेर दुई बेपत्ता

म्याग्दी — कालीगण्डकी नदीमा खसेर एक भारतीय पर्यटकसहित दुई बेपत्ता छन् । मुक्तिनाथ दर्शन गरेर फर्कने क्रममा शनिबार दिउँसो अन्नपूर्ण गाउँपालिका–३ को काप्रेभीरबाट नदीमा खस्दा भारत विहारका अन्दाजी ४५ वर्षीय ललन बेपत्ता भएको प्रहरीले जनाएको छ ।


बेनी–जोमसोम सडकअन्तर्गत बाँदरजुङ भीरमा सडक मर्मत भइरहेको छ । त्यहाँ बस रोकिएपछि ओर्लेर ‘साइट सिन’ गर्ने क्रममा भारतीय पर्यटक चिप्लिएर ५० मिटर तल कालीगण्डकी नदीमा खसेका हुन् । संसारको सर्वाधिक गहिरो गल्छी मानिने घटनास्थलमा कालीगण्डकी नदीको भेल छ । उक्त स्थानमा साँघुरो गल्छी रहेकाले उद्धारकर्ता पुग्न समस्या रहेको प्रहरीले जनाएको छ ।
यस्तै बिहीबार अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट मोटरसाइकलमा बेनी हिँडेका एक मजदुर पनि कालीगण्डकी नदीमा खसेर बेपत्ता छन् । हेटौंडा घर भई नारच्याङस्थित क्रसर उद्योगमा ट्रिपर चालक रहेका २४ वर्षीय बादल बमजन बेनीमा साथी लिन हिँडेका थिए । शनिबार पोखराबाट गोताखोर झिकाई खोजी गरिएको थियो । तर, फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २५, २०७४ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?