कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भाइरल ज्वरोले बालकको मृत्यु

जाजरकोट — भाइरल ज्वरोका कारण कुशे गाउँपालिका ५ जहरगाउँका जनकबहादुर थापाका ४ वर्षीय छोरा ओमप्रकाशको मृत्यु भएको छ ।

उनको स्थानीय मेडिकलमा उपचारकै क्रममा सोमबार मृत्यु भएको हो । भाइरल ज्वरोले उनी २ दिनसम्म थलिएका थिए । बालकलाई १ घण्टा टाढाको साँधीबिसाउनस्थित निजी मेडिकलमा उपचारका लागि लगिएको थियो । ज्वरोले अन्तिम अवस्थामा पुगेकाले बचाउन नसकिएको मेडिकल सञ्चालक रामबहादुर सिंहले बताए । भाइरल ज्वरोको प्रकोप खुर्पा, जहरगाउँ, तर्पेना, समाकोटलगायत गाउँमा फैलिएको स्थानीय दलबहादुर थापाले बताए । ती गाउँमा घरैपिच्छे ज्वरोका बिरामी रहेको उनले बताए । ‘स्वास्थ्य संस्थामा उपचार नपाएपछि बिरामीहरू उपचारका लागि निजी मेडिकल जान बाध्य छन्,’ थापाले भने । बिरामीलाई घाँटी दुख्ने, लगातार ज्वरो आउने, टाउको दुख्ने, नाकबाट पानी बग्ने, आँखा रातो हुने लक्षण देखिएको थापाले बताए । भाइरल ज्वरोले यसअघि बारेकोट गाउँपालिका ३, मुलसाममा २ बालकको मृत्यु भएको थियो ।

 

प्रकाशित : भाद्र २८, २०७४ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?