१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

डीआईजी सिलवालद्वारा राजीनामा

काठमाडौं — डीआईजी नवराज सिलवालले सर्वाेच्च अदालतको फैसलालगत्तै पदबाट राजीनामा दिएका छन् । उनले न्यायका लागि सात महिनाअघि आफूले सुरु गरेको लडाइँ अन्त्य भएको भन्दै नेपाल प्रहरी सेवाबाट अलग भएको विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।

डीआईजी सिलवालद्वारा राजीनामा


सिलवालले आफूलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्न माग गर्दै दायर रिट सर्वाेच्चको बृहत्
पूर्ण इजलासले मंगलबार खारेज गरिदिएको थियो । सर्वाेच्चले प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्त गर्ने सरकारको निर्णय सदर गर्दै सिलवालको रिट खारेज गरेको हो ।
‘न्याय प्राप्तिका लागि गरिएको सात महिना लामो लडाइँको आज अन्त्य भएको छ,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘मेरो लडाइँ स्थिर र निष्पक्ष प्रहरी प्रशासनका लागि थियो ।’
सिलवालले आफ्नो न्यायको लडाइँलाई विषयान्तर गरिएको र आफू मूकदर्शक बन्न बाध्य भएको विज्ञप्तिमा गुनासो पोखेका छन् । ‘अन्यायमा पर्दा जीवन कस्तो पीडादायी हुँदोरहेछ भन्ने अनुभूतिका आधारमा पनि म अन्यायमा परेका तमाम नागरिकहरूको एउटा सशक्त आवाज बन्ने कोसिस गर्नेछु,’ विज्ञप्तिको अन्त्यमा उनले भनेका छन्, ‘आजैका मितिदेखि नेपाल प्रहरी सेवाबाट अलग भएको घोषणा गर्दछु ।’

प्रकाशित : भाद्र २८, २०७४ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?