आगलागीबाट ३ लाखको क्षति

छोटकरी

सल्यान — बन्गाड कुपिन्डे नगरपालिका ७ घाँजरीपिपल, डोप्केमा मंगलबार बिहान रमेश चन्दको घरमा आगलागी हुँदा ठूलो मात्रामा धनमालको क्षति भएको छ ।

बालबालिकाले आगो बालेर मकै पोल्दा खरको छानामा आगो लागेको थियो ।

आगजनीका कारण घरमा भएको अन्नपात, लत्ताकपडा, भाँडाकुँडासहित करिब ३ लाखको धनमाल जलेर नष्ट भएको स्थानीय रवीन्द्र शाहीले बताए । चन्दको परिवार छिमेकीको घरमा आश्रय लिएर बसिरहेको छ ।

प्रकाशित : भाद्र २८, २०७४ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?