१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बाढीपीडितलाई कोरियाली सहयोग

काठमाडौं — माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको प्रवद्र्धक दक्षिण कोरियाली कम्पनी कोरिया साउथ–इस्टपावरले बाढीपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बुधबार १ करोड २ लाख ५७ हजार ८ सय ७१ रुपैयाँ सहयोग गरेको छ ।

बाढीपीडितलाई कोरियाली सहयोग

कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत च्याङ जाई वनले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई परारष्ट्र मन्त्रालयमा भेटेर सहयोग रकम हस्तान्तरण गरे । भेटका क्रममा च्याङले २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा भूकम्पका कारण केही समस्या भए पनि दूुतगतिमा काम अगाडि बढिरहेको जानकारी गराएका थिए ।

 

प्रकाशित : भाद्र २९, २०७४ ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?