कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

बिर्ता विजयी

धनकुटा — बिर्ता युनाइटेड झापाले बुधबार १३ औं सहिद भीमनारायण आमन्त्रण गोल्डकप फुटबलमा गोधूलि क्लब सुनसरीलाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै सेमिफाइनल पक्का गरेको छ ।


निर्धारित समयमा दुवैबाट १–१ को बराबरी भएपछि खेल टाइब्रेकरबाट पुगेको थियो । टाइब्रेकरमा झापाका कर्ण लिम्बू, बुद्ध चेम्जोङ, रवि थापामगर र सुमिन मैनालीले गोल गरे । गोधूलिका निराजन खड्का मात्र गोल गर्न सफल भए । बिर्ताले शुक्रबार दोस्रो सेमिफाइनलमा साविक विजेता बीआरसी भुटानस‘ग प्रतिस्पर्धा गर्ने छन् । बेलबारी बिहीबार पहिलो सेमिफाइनलमा ब्वाइज युनियन काठमाडौविरुद्ध उत्रँदै छ ।

प्रकाशित : भाद्र २९, २०७४ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?