‘उच्च बाँधमा हतार नगरौं’

राजविराज — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कोसी उच्च बाँधको अध्ययन गरेर मात्र भारतसँग सहमति हुँदा राष्ट्रिय हितमा हुने बताएका छन् ।

‘उच्च बाँधमा हतार नगरौं’

सप्तरीको राजविराजमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले बिनाअध्ययन कोसी उच्च बाँधको विषयमा सहमति जनाउनु उचित नहुने बताए । ‘यो हतारमा निर्णय गर्ने विषय होइन,’ उनले भने । मंगलबार राजविराजमा चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले कोसी उच्च बाँध निर्माणका लागि भारतसँग सहमति भएको बताएका थिए ।
देउवाको उक्त भनाइबारे सोधिएको प्रश्नमा दाहालले भने, ‘कोसी हाइड्याम नेपालको हितमा छ/छैन यसको विस्तृत अध्ययन गरेर मात्र सरकारले कदम चाल्दा उचित हुन्छ ।’
एकै दिन मधेसका धेरै कार्यक्रममा सहभागी भएर माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले चुनावी दौडमा अरूलाई उछिनेका छन् ।
उनी मध्यरातसम्मै प्रचारमा हुन्छन् । अर्को बिहान सडकमा ‘मर्निङ वाक’ गरिरहेका भेटिन्छन् । त्यसलाई पनि चुनावी हतियारकै रूपमा प्रयोग गरेका छन् ।

प्रकाशित : भाद्र २९, २०७४ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?