१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

गाउँपालिकाको नाम फेरियो

छोटकरी

रसुवा — जिल्लाको पार्वतीकुण्ड गाउँपालिकाको नाम परिवर्तन भएको छ । गाउँसभाले पालिकाको नाम ‘आमा छोदिङमो’ राख्ने निर्णय गरेको अध्यक्ष बुचुङ तामाङले बताए ।

तामाङ भाषामा पार्वतीकुण्डलाई आमा छोदिङमो भनिन्छ । सभाले नाम परिवर्तन गरेको निर्णयसहितको सिफारिस सम्बन्धित निकायमा जानकारी गराइसकेको छ । निर्णय र सिफारिसका आधारमा सरकारले नाम परिवर्तन गरी राजपत्रमा प्रकाशित गरेपछि मात्र लागू हुने व्यवस्था छ ।

 

प्रकाशित : भाद्र २९, २०७४ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?