कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

बनेपा महोत्सव सुरु

काभ्रे — कला, संस्कृति, कृषि, घरेलु उद्योग तथा व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले बनेपा महोत्सव बुधबारबाट सुरु भएको छ । बनेपा ब्याइज क्लबको आयोजनामा ‘उग्रेश्वर व्यापारिक, सांस्कृतिक, मनोरञ्जनात्मक खेल मेला–बनेपा महोत्सव २०७४’ सुरु भएको हो । महोत्सव असोज १० सम्म चल्नेछ ।

बनेपा महोत्सव सुरु


क्लबका अध्यक्ष महेश कर्माचार्यका अनुसार मेलामा कृषि, घरेलु सामग्रीलगायतका १ सयभन्दा बढी व्यापारिक स्टलहरू छन् । बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यान स्थापना गरिएको छ । महोत्सवमा नृत्य प्रतियोगिताका साथै मिनी फुटबल र महिला भलिबल प्रतियोगितासमेत हुने मुख्य संयोजक हरिकुमार कर्माचार्यले बताए । प्रत्येक दिन राष्ट्रियस्तरका तथा स्थानीय कलाकारबाट सांस्कृतिक प्रस्तुति हुने संयोजक मणिकुमार तुम्रोकले जानकारी दिए ।
सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले महोत्सवको उद्घाटन गरे । प्राकृतिक, सांस्कृतिक, धार्मिक, शैक्षिक रूपमा काभ्रे धनी भएको भन्दै यहाँका सम्भावनालाई महोत्सवले थप टेवा पुग्ने विश्वास उनले व्यक्त गरे । उद्योग राज्यमन्त्री रेसम लामाले बनेपालाई पुरानै लयमा फर्काउन महोत्सव फलदायी हुने जनाए ।

प्रकाशित : भाद्र २९, २०७४ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?