१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कान्तिपुरकर्मी चौधरी सम्मानित

काठमाडौं — राष्ट्रिय उपभोक्ता मञ्चले कान्तिपुरकर्मी राजु चौधरीलाई सम्मान गरेको छ । उपभोक्ता हकहित संरक्षण तथा बजार अनुगमनको क्षेत्रमा छापा सञ्चार माध्यममा समाचारका माध्यमबाट सक्रियतापूर्वक कार्यसम्पदान गरी उपभोक्ता हित अधिकारका लागि विशेष योगदान पुर्‍र्याएको भन्दै चौधरीलाई मञ्चको १२ औं वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको हो ।

कान्तिपुरकर्मी चौधरी सम्मानित

बुधबार आयोजित कार्यक्रममा आपूर्तिमन्त्री शिवकुमार मण्डलले सम्मान गरेका हुन् । यस्तै संस्थागत रूपमा उज्यालो रेडियो नेटवर्कलाई सम्मानित गरिएको छ । 
मञ्चले कृषि विभागका महानिर्देशक डिल्लीराम शर्मा, आपूर्ति मन्त्रालयका उपसचिव उर्मिला केसी, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष सबिन श्रेष्ठ, मञ्चका बर्दिया शाखा अध्यक्ष विष्णु तिमिल्सिना र ललितपुर जिल्ला महिला समितिका अध्यक्ष निना श्रेष्ठलाई पनि सम्मान गरेको छ ।

 

प्रकाशित : भाद्र २९, २०७४ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?