१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

राजनीति सेवा कि व्यवसाय ?

‘पूर्व सांसदलाई पेन्सन शीर्षक’प्रति थोरै पनि आपत्ति होइन । आपत्ति हाम्रो राजनीतिक संस्कार र लालचको राजनीतिप्रति हो । पूर्व पदाधिकारीलाई विलासी सुविधा उपलब्ध गराउने विधेयक पेसको तयारी भइरहँदा पूर्व सांसदलाई समेत सुविधा उपलब्ध गराउनुपर्ने विषयमा गृहकार्य सुरु भएको छ ।

यसो हो भने राजनीतिलाई पेसामा रूपान्तरण गर्ने नयाँ विधेयक संसद्मा किन प्रस्तुत नगर्ने ? पटक–पटक सांसदले आफ्नो सुविधा बढाउने विधेयकमा सहमति जनाउँदै आइरहेकै हुन् । सांसदहरू सेवाभन्दा ज्यादा सुविधाभोगी छन् भन्ने धारणाको विकास भइरहेको सन्दर्भमा सांसद पद सेवाका लागि होइन, पेसाका लागि सिर्जना गरिएको हो भन्ने धारणाको विकास गर्दा के फरक पर्ला त ? वास्तविकताको धरातलमा उभिएर हेर्ने हो भने सांसद सेवाको अवकाशपछि उनीहरूको जीवनयापन खातिर सरकारले चासो राख्नु स्वाभाविक पनि हो । तर जुन देशमा आम नागरिकको जीवनस्तर अत्यन्तै दयनीय छ, रोजगारीको समस्या डरलाग्दो रूपमा अघि बढ्दैछ, युवाशक्ति पलायनले देश रित्तो–रित्तो 
हुँदैछ । आशा र भरोसाका विम्बहरू धुमिल हुँदैछन् । त्यस्तो देशले आर्थिक विकासका अवधारणा अघि बढाउने कि देशको सम्पत्तिलाई लुटको धनका रूपमा व्यक्ति–व्यक्तिलाई वितरण गर्दै जाने ?
– उत्तम पुडासैनी 
जोरपाटी, काठमाडौं 

प्रकाशित : भाद्र २९, २०७४ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?