१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

व्यापारीको लुट्न पाउनुपर्ने माग

प्रजातन्त्रमा जायज माग राखेर बोल्ने अधिकार सबैलाई छ, हुन्छ । तर जे मन लाग्यो, त्यही नीति, नियम, कानुनविपरीत बोल्न कसैलाई’नि छुट छैन । व्यापार गर्न सबैलाई छुट छ, तर व्यापारका नाममा लुट गर्न कसैलाई पनि छुट छैन ।

आपूर्ति मन्त्री शिवकुमार मण्डलले दरबारमार्गका पसलहरू निरक्षण गर्दा चाहिनेभन्दा बढी मूल्य लिएर जुत्ता बिक्री–वितरण भएको थाहा पाएपछि तत्कालै ती पसलहरूमा छापा मारेर सिल मारेका छन् । त्यसको विरोधमा पसलेहरूले आन्दोलन गर्ने धम्की दिएका छन् । ‘मैले चोरेर खान पाउनुपर्‍यो’ भनी कसैले भन्छ भने त्यो सरकारले सुन्नुपर्छ भन्ने छैन । जो अपराध गर्छ, उसलाई कानुन अनुसारको कारबाही हुनुपर्छ । जसका कारण भोलिदेखि त्यस्ता गलत कार्य गर्ने आँट कसैलाई नआओस् । २४०० सय रुपैयाँ पर्ने जुत्ताको २४००० हजारसम्ममा बिक्री–वितरण भएको समाचार आइरहेको छ । यति हुँदासमेत आजभन्दा अघिको कुनै पनि सरकारको नजर त्यो ठाउँमा जान सकेको थिएन । यसरी सर्वसाधारणलाई ठग्नेहरू नै उल्टै ठग्न पाउनुपर्छ भनिरहेका छन् । कस्तो विडम्बना !
– पुरुषोत्तम घिमिरे
जोरपाटी, काठमाडौं

प्रकाशित : भाद्र २९, २०७४ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?