कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहयोगको अपिल

सिन्धुपाल्चोक जिल्ला बलेफी गापा वडा नं.– ७ स्थायी घर भई हाल मण्डिखाटार काठमाडौंमा डेरा गरी बस्ने म केशवप्रसाद पराजुली विगत तीन–चार महिनादेखि मृगौला रोगले ग्रसित छु । डाक्टरको सल्लाहअनुसार जतिसक्दो छिटो मृगौला प्रत्यारोपण गर्नुपर्छ ।

सहयोगको अपिल

त्यसका लागि करिब १५–१६ लाख रुपैयाँ लाग्छ । मेरो घरको आर्थिक अवस्था अत्यन्त कमजोर भएको हुँदा उपचारका लागि आवश्यक रकम जम्मा गर्ने सामथ्र्य मसँग छैन । आजसम्मको उपचार खर्च पनि आफन्तजनहरूबाट ऋण लिएर गरिरहेको छु । म बिरामी परेबाट मेरा स–साना दुई बालबच्चा र श्रीमतीको बिचल्ली भएको छ । उनीहरूको लागि पनि म बाँच्न चाहन्छु । तसर्थ देश–विदेशमा रहनुभएका सहयोगी व्यक्ति तथा संघ–संस्थासँग सहयोगको अपेक्षा गरेको छु । मलाई सहयोग गर्न चाहनुहुने व्यक्ति तथा संघ–संस्थाले प्रभू बैंकमा रहेको खाता नं. ००६०१०००७८३८७७०००००१ वा ००६०१०००९२११८१०००००१ मा आफूले सकेको रकम जम्मा गरी सहयोग गरिदिनु हुन अनुरोध गर्छु साथै ९८४१९८१२१८ वा ९८४९२८६७२३ मा सम्पर्क गरी थप जानकारी लिन सकिनेछ ।

प्रकाशित : भाद्र २९, २०७४ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?