स्थानीय सहयोगमा ट्राफिक भवन

पाल्पा — जिल्ला ट्राफिक प्रहरीले नयाँ भवन पाएको छ । ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यको सक्रियता र स्थानीयको सहयोगमा तीनतले पाँचकोठे भवन निर्माण भएको हो ।


जिल्ला तथा बाहिरका ८६ सरकारी, संघसंस्था र व्यक्तिबाट करिब २४ लाख रुपैयाँ नगद तथा जिन्सी सहयोगमा भवन निर्माण भएको प्रमुख आचार्यले बताए ।
ट्राफिक प्रहरीले २०५५ देखि सेवा सुरु गरे पनि २०६३ देखि औपचारिक रूपमा सेवा दिँदै आएको छ । सुरुका समयमा प्रहरी कार्यालयबाटै कार्य सम्पादन गर्ने ट्राफिकले २०५८ देखि तानसेन बसपार्कमा नगरपालिकाको साँघुरो भवनबाट सेवा दिँदै आएको थियो जसका कारण सेवा प्रवाहमा कठिनाइ भएको थियो । ११ जना ट्राफिक प्रहरी प्रमुखको कार्यकाल सकिँदा यसपटक आफ्नै भवन पाएको हो ।
पछिल्लोपटक यहाँ सरुवा भएर आएका आचार्यले भवन निर्माण गर्न जग्गा व्यवस्थापनलगायत काम गरेका हुन् । उनले ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनीकरणका लागि सचेतना, घुम्तीमा कन्भेक्स मिरर जडान, जेब्रा क्रसजस्ता काममा उल्लेख्य भूमिका निर्वाह गर्दै आएका छन् । प्रहरी अतिरिक्त महानिरीक्षक मिङ्मार लामाले भवन निर्माणलगायत कार्य उत्कृष्ट गरेबापत ट्राफिक प्रहरी प्रमुख आचार्यसहित प्रहरी हवल्दार थलीबहादुर रेउले, प्रहरी जवानहरू नारायण पौडेल, दुर्गाप्रसाद अर्याल, धर्मराज न्यौपाने, दिपेन्द्रबहादुर केसीलाई नगद र प्रमाणपत्रले सम्मान गरे ।

प्रकाशित : भाद्र २९, २०७४ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?