कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

ठेक्का तोडियो

प्यूठान — खवाङ स्वास्थ्यचौकी भवनको ठेक्का तोडेर पुनर्निर्माण प्रक्रियामा लैजान थालिएको छ । लामो समयसम्म ठेकेदारले भवन निर्माण अलपत्र पारेपछि सहरी विकास विभागले ठेक्का तोड्ने निर्णय गरेको हो ।

२०६९ असोजमा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि ठेकेदारले भवन अलपत्र छाडेका थिए । सहरी विकास तथा भवन डिभिजन कार्यालय रोल्पा मार्फत ‘नेपाल प्रगति/राप्ती/उच्च हिमालय जेभीले निर्माणको जिम्मा लिएको थियो । करबाहेक ७७ लाख ८८ हजार ६ सय ९५ रुपैयाँमा ठेक्का भएको थियो । कार्यालयका अनुसार ठेकेदारले भवन निर्माण गर्ने काम सुरु नगरेकाले ठेक्का तोड्ने प्रक्रियामा गएको हो ।
‘विभागले सोमबार ठेक्का तोड्ने निर्णय गरेको जानकारी कार्यालयमा आएको छ,’ भवन डिभिजन कार्यालयका लेखा अधिकृत भगबहादुर दसौंदीले भने, ‘ठेकेदारलाई कारबाहीको पत्र थमाएपछि लागत अनुमान गरी प्रक्रियाअघि बढ्छ ।’ उनले ठेकेदारले हालसम्म ५३ लाख ५२ हजार ९ सय ८० रुपैयाँ भुक्तानी लिइसकेको पनि बताए ।
‘ठेकेदारबाट मोबिलाइजेसनको ९ लाख ९ हजार रुपैयाँ असुली गरिसकेका छौं,’ दसौदीले भने, ‘अब बैंक ग्यारेन्टीको ४ लाख ४१ हजार असुली प्रक्रिया अगाडि बढ्छ ।’ उनले ठेकेदाको फर्म कालोसूचीमा पर्ने बताए । २ तलाको १६ कोठे भवन निर्माण गर्ने स्टिमेट रहेकामा ६५ प्रतिशत मात्र काम गरी ठेकेदारले अलपत्र पारेको कार्यालयको भनाइ छ । स्थानीय मजदुरले काम गरेको ज्यालासमेत पाएका छैनन् । ५२ मजदुरले १५ लाख ९३ हजार ८ सय ७४ हजार रुपैयाँ ज्याला पाउन बाँकी रहेको मजदुर शोभाराम पुनले बताए ।

प्रकाशित : भाद्र २९, २०७४ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?