१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

१ वर्षमै मुद्दा फैसला

सुर्खेत — उच्च अदालत सुर्खेतले मुद्दाको शीघ्र फैसलामा जोड दिएको छ । अदालतले सबै मुद्दा दर्ता भएको मितिले वर्ष दिन नबित्दै फैसला गर्ने गरेको छ । उच्च अदालतले गत आवमा ४ सय ८५ मध्ये ३ सय ८८ मुद्दा फस्र्योट गरिसकेको छ । ती सबै मुद्दा दर्ता भएको मितिले एक वर्ष ननाघेका हुन् ।


रजिस्ट्रार जितेन्द्र थपलियाले ९७ मुद्दा फस्र्योट हुन बाँकी रहेको बताए । त्यस्तै २१ थान रिट फस्र्योट भएको छ । दर्ता भएको मितिले ९ महिनाभित्र फैसला गरिसक्ने कार्ययोजनाअनुरूप रिट फस्र्योट भएको उनले बताए । स्रेस्तेदार थपलियाका अनुसार अघिल्ला वर्षबाट जिम्मेवारी सरेका ५१ र ४ सय ३४ थान नयाँ दर्ता भएका मुद्दा हुन् ।
चालु आवको साउनदेखि हालसम्म देवानीतर्फ रिटसहित १६, फौजदारी १ सय ४९ र रिट ३ थान छन् । तीमध्ये ३८ मुद्दाको फैसला भइसकेको छ । १५ दिनभित्र फैसला तयार गरी तुरुन्त अपलोड गर्ने काम भइरहेको उनले बताए । कायममुकाम मुख्य न्यायाधीश गुणराज ढुंगेलले योजनाबद्ध तरिकाले अदालतले पारदर्शी रूपले न्याय सम्पादनको काम गरिरहेको बताए । ‘सेवाग्राहीले उच्च अदालतबाट कुनै दु:ख पाउनुभएको छैन । फैसला समयमै हुने गरेको छ,’ उनले भने ।

प्रकाशित : भाद्र २९, २०७४ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?