जिन एक्सपर्ट मेसिन सञ्चालन

छोटकरी
कान्तिपुर संवाददाता

कपिलवस्तु — तौलिहवा अस्पतालमा अत्याधुनिक तरिकाबाट क्षयरोगी रोग पत्ता लगाउने जिन एक्सपर्ट मेसिन सञ्चालनमा ल्याइएको छ । राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत स्वास्थ्य मन्त्रालयले उक्त मेसिन यहाँ पठाएको हो ।

मोइक्रोस्कोपमा नदेखिने टीबी रोगको कीटाणु माइक्रोब्याक्टेरियल ट्युबरक्लोसिसलाई मेसिनले देखाउने क्षमता रहेको अस्पतालका डा. सजल त्वानाबासुले बताए । टीबीको लक्षण देखिए पनि माइक्रोस्कोपमा जाँच गर्दा नदेखिने ब्याक्टेरियालाई जिन एक्सर्ट मेसिनले स्पष्ट देखाउने उनले बताए ।  

 

प्रकाशित : भाद्र २९, २०७४ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्

पुण्यतिथिमा छात्रवृत्ति

छोटकरी
कान्तिपुर संवाददाता

कपिलवस्तु — वाणगंगा नगरपालिका ११ बस्ने महेन्द्र अर्यालले आफ्ना बुबाको १७ औं वार्षिक पुण्यतिथिका उपलक्ष्यमा गरिब जेहेनदार विद्यार्थी, ज्येष्ठ नागरिकलाई छात्रवृत्ति र सम्मान गरेका छन् ।

उनले उक्त वडाका ८० वर्षमाथिका ३ ज्येष्ठ नागरिकलाई जनही दुई हजार प्रदान गरेर सम्मान गरे । त्यस्तै गरिब र जेहेनदार ३ विद्यार्थीलाई जनही एक हजार र शैक्षिक सामग्री प्रदान गरे । वार्षिक पुण्यतिथिका उपलक्ष्यमा रक्तदान गर्ने २० जनालाई सम्मानपत्र प्रदान गरे । 

 

प्रकाशित : भाद्र २९, २०७४ १०:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्