पुल निर्माण अलपत्र

छोटकरी
कान्तिपुर संवाददाता

नवलपरासी — सुस्तामा २२ करोड ८० लाख लागतमा निर्माण सुरु भएको झोलुंगे पुल २ वर्ष बितिसक्दा पनि बन्न सकेको छैन । पक्लिहवास्थित नारायणी नदी वारिबाट पारिको सुस्ता जोड्ने झोलुंगे पुल निर्माणको जिम्मा पाएको ठेकेदार केभी एन्ड पशुपति कन्स्ट्रक्सन कम्पनीको लापरबाहीले पुल निर्मार्णको काम अघि नबढेको हो ।

३ वर्षभित्र सक्नुपर्ने ठेकेदारले ठेक्का पाएको २ वर्ष बिति सक्दा २ प्रतिशत पनि काम हुन सकेको छैन । 

 

प्रकाशित : भाद्र २९, २०७४ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्

बजेट ६४ करोड २२ लाख

छोटकरी
कान्तिपुर संवाददाता

कपिलवस्तु — बुद्धभूमि नगरपालिका प्रथम नगर सभाले चालु आव ०७४/७५ का लागि ६४ करोड २२ लाख ८७ हजार रुपैयाँ बजेट पारित गरेको छ ।

भौतिक पूर्वाधार, सडक, कृषि र स्वास्थ्य क्षेत्रमा परिणाममुखी काम गर्ने योजना बनाएको छ । लक्षित वर्ग, महिला तथा वञ्चितीकरणमा पारिएका समुदायलाई मूलधारमा ल्याउन आय, रोजगार र सशक्तीकरण कार्यक्रम र योजनालाई प्राथमिकता दिएको मेयर केशव श्रेष्ठले बताए । 

 

प्रकाशित : भाद्र २९, २०७४ १०:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्