२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

मनाइयो जितिया

छोटकरी

जनकपुर — जितिया पर्वको दोस्रो दिन बुधबार व्रतालु महिलाहरूले जिमुतवाहन भगवान्को कथा श्रवण गरेका छन् । बिहीबार भने उपवास तोड्दै ३ दिवसीय पर्व समापन गरिन्छ ।

मंगलबार ताल, पोखरीमा स्नान गरी माछ–मरुवा (कोदो) खाइएको थियो । यसलाई नहाय खाय भनिन्छ । बुधबार बिहान काग कराउनुअघि आफ्ना पितृहरूलाई प्रसाद चढाइ चिउरा, दही, अमोट (आँपको सुकुटी) खाने चलन छ । जिमुतवाहन कथा श्रवणका लागि गंगासागरमा व्रतालु महिला भेला भएका थिए । यसैगरी जनकपुरको धनुषसागर तथा महाराजसरलगायत पोखरी तथा दूधमती, कमला, जमुनी र जलाद नदीकिनारमा पनि कथा श्रवणका लागि उल्लेख्य व्रतालु महिला उपस्थित भएका थिए ।

 

प्रकाशित : भाद्र २९, २०७४ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?