लाटोकोसेरो जोगाउन छलफल

छोटकरी
कान्तिपुर संवाददाता

ओखलढुंगा — लाटोकसेरो तथा हुचिल संरक्षणका लागि पूर्वी नेपालका विभिन्न जिल्लामा चेतनामूलक गोष्ठी सुरु गरिएको छ । ‘प्रकृतिका साथीहरू’ नामक संस्थाले पूर्वी पहाडी जिल्लामा गोष्ठी सुरु गरेको हो ।

संरक्षित पक्षीका रूपमा राखिए पनि लगातार चोरीनिकासी र तस्करी हुने गरेको लाटोकसेरोको संरक्षणमा सरोकारवाला सबै जुट्न आह्वान गरिएको छ । नेपालमा २३ प्रजातिका लाटोकसेरो पाइने गरेकामा हाल २ प्रजाति लोप भएर २१ प्रजाति मात्र रहेको अनुमान गरिएको छ । 

 

प्रकाशित : भाद्र २९, २०७४ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्

असिनाले क्षति पुगेकालाई राहत

छोटकरी
कान्तिपुर संवाददाता

संखुवासभा — पाँचखपन नगरपालिका १ का असिना पीडितलाई राहत वितरण गरिएको छ । १२६ परिवारलाई २ लाख २६ हजार ८ सय राहत वितरण गरिएको नगर प्रमुख विपिन राईले बताए । गत चैत २० मा परेको असिनाले १ नम्बर वडाका किसानका लाखौंको बाली, तरकारी नष्ट भएको थियो ।


केही चौपाया मरेका थिए । पीडित परिवारलाई सांसद दीपक खड्काले १ लाख नगद सहयोग गरेका थिए । कांग्रेस नगर एकाइ समितिबाट १ लाख १ हजार र महिला संघले संकलन गरेको २५ हजारको खाद्यान्न सहयोग गरिएको राईले बताए ।

प्रकाशित : भाद्र २९, २०७४ १०:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्