३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

भत्ता वृद्धिको विरोध

छोटकरी

सल्यान — बन्गाड कुपिण्डे नगरपालिकाले स्थानीय कर्मचारीको मात्र ५० प्रतिशत भत्ता वृद्धि गरेपछि कृषि, पशु, स्वास्थ्य, हुलाकका कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकले विरोध जनाएका छन् ।

स्थानीय तहमा समायोजन भएका सबै सरकारी कर्मचारीलाई समान सुविधा हुनुपर्ने उनीहरूको माग छ । नगरपालिकाले कर्मचारीको भत्ता वृद्धि नगरे आन्दोलनमा उत्रने र काम ठप्प पार्ने उनीहरूले चेतावनी दिएका छन् । आन्दोलनका लागि तीनवटै शिक्षक संगठन तथा कर्मचारी एकजुट भएको असन्तुष्ट कर्मचारीको भनाइ छ । एकीकृत नेपाल शिक्षक संघका नगर संयोजक गणेश चन्दले नगरपालिकाका कर्मचारीभन्दा बढी काम गरे पनि बेवास्ता गर्दा शिक्षकलगायत अन्य कर्मचारी मर्कामा परेको बताए ।   

 

प्रकाशित : भाद्र २९, २०७४ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?