तीन युवक लुटिए

सल्यान — भारतको पौडी गडवालबाट मजदुरी गरी दसैं मनाउन घर फर्कंदै गरेका कुमाखमालिका ५, मर्मपरिकाँडाका तीन युवा लुटिएका छन् । कञ्चनपुरको व्रह्मबजारमा लुटिनेमा देवबहादुर राना, नन्दराम राना र दलवीर राना रहेको प्रहरीले जनाएको छ ।

मादक पदार्थमा बेहोस हुने औषधि मिसाएर खुवाई तीन जनाबाट ८५ हजार भारतीय रुपैयाँ लुटिएको स्थानीय गंगाराम रानाले बताए । बेहोस भएका तीनजनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य हुँदै गएको उनले जनाए । ९ जनाको समूह बनाएर भारतबाट फर्किंदै गर्दा रात परेपछि भारतको टनकपुर बजार पुगेर बास बसेका उनीहरूलाई लुटेरा समूहले मादक पदार्थ सेवन गराएका थिए । लुटपाटमा संलग्नहरू नेपाली नै भएको रानाको भनाइ छ । 

 

प्रकाशित : भाद्र २९, २०७४ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?