१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

लागूऔषध प्रयोगकर्ता पक्राउ

छोटकरी

कञ्चनपुर — सुइको माध्यमबाट लागूऔषध प्रयोग गर्ने २ जनालाई महेन्द्रनगर सामुदायिक प्रहरीले पक्राउ गरेको छ । महेन्द्रनगर बसपार्क क्षेत्रको एक होटलमा सिरिन्ज प्रयोग गरिरहेका अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

उनीहरू कञ्चनपुरको बेलौरी नगरपालिका ५ का किसन जोशी र भीमदत्त नगरपालिका ६ ऐठपुरका सन्तोष ओखेडा हुन् । सिरिन्ज प्रयोग गरिरहेका बेला उनीहरूलाई पक्राउ गरिएको सामुदायिक प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ३, २०७४ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?