कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिरासतबाटै थुनुवा फरार

छोटकरी

गोरखा — जिल्ला प्रहरी कार्यालयको हिरासतबाट शुक्रबार राति तीन जना थुनुवा फरार भएका छन् । शौचालयको
झ्यालबाट गोरखा नगरपालिका–६ का दीपेश मजाकोटी, भीमसेन–३ का अभिषेक अधिकारी र सन्दीप सुर्खेती भागेका हुन् ।

जिल्ला प्रहरी कार्यालयको हिरासतबाट शुक्रबार राति तीन जना थुनुवा फरार भएका छन् । शौचालयको
झ्यालबाट गोरखा नगरपालिका–६ का दीपेश मजाकोटी, भीमसेन–३ का अभिषेक अधिकारी र सन्दीप सुर्खेती भागेका हुन् । सार्वजनिक अपराध मुद्दा दर्ता गरेर अनुसन्धानका लागि प्रहरीले उनीहरूलाई हिरासतमा राखेको थियो । ‘मध्यराति शौचालयको रड बंग्याएर निस्केछन्,’ प्रहरी निरीक्षक रामचन्द्र शाहले भने । रातिदेखि नै खोजी कार्य जारी राखेको प्रहरी निरीक्षक शाहले बताए ।

प्रकाशित : आश्विन ८, २०७४ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?