कुन्छाल पर्यटकीय गाउँ

प्रताप बिष्ट

हेटौंडा — ऐतिहासिक गोपालीहरूको बसोबास रहेको थाहा नगरपालिकाको कुन्छाल गाउँसहित नेपालका ३ उत्कृष्ट पर्यटकीय गन्तव्य घोषणा भएको छ ।

३८ औ विश्व पर्यटन दिवसका अवसरमा पर्यटन बोर्ड काठमाडौमा सोमवार भएको एक कार्यक्रममा गाउ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालले तीन नयाँ गाउँलाई पर्यटकीय गाउँ घोषणा गरेको हो । कुन्छाल थाहा नगरपालिका १ मा पर्छ । घोषणाको प्रमाणपत्र वडा अध्यक्ष हेरमान गोपालीले लिए । भिटोफले कुन्छालसहित स्याङजाको पित्लेक र धादिङको सिद्धलेक सलाङलाई पर्यटकीय गाउँको रूपमा घोषणा गरेको भिटोफ नेपालका अध्यक्ष रामप्रसाद सापकोटाले बताए । छनोटमा परेका उत्कृष्ट पर्यटकीय गन्तव्यको संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले घोषणा गरेका हुन् । 

थाहा नगरपालिकाको कुन्छाल सन् २०१८ का लागि पर्यटकीय गन्तव्य घोषणा गरिएको हो । नेपालकै पुरानो जाति गोपालीको बसोबास रहेको कुन्छालमा नेवारी संस्कृति हेर्न र जान्न पाइन्छ । 
कुन्छालमा अहिले होमस्टेहरूसमेत सञ्चालनमा रहेको छ । भिटोफ नेपालका अध्यक्ष सापकोटाका अनुसार भिटोफले हरेक वर्ष ३ गाउँलाई पर्यटकीय गाउँको रूपमा घोषणा गर्ने र प्रवद्र्धनदेखि प्याकेज बनाउने सम्मका काम गर्दै आएको छ । 
भिटोफको कार्य समितिले देशभरबाट प्राप्त गाउँमा सम्भावनाको अध्ययन गरि उत्कृष्टताको आधारमा तीन वटालाई छनोट गर्ने गर्दछ । गाउँ घोषणा गरिसकेपछि प्रबद्र्धन र प्याकेज बनाउनु पर्ने र उक्त अनुरूप पर्यटकले पनि मन पराउने खालको हुनु पर्ने मापदण्ड रहेको छ । यसअघि भिटोफले तनहँुको दुम्सी दराही गाउँ कन्चनपुरको भादँगाउ र हुम्लाको गुराँसे गाउँलाई सन् २०१७ को पर्यटकीय गाउँको रूपमा घोषणा गरेको थियो । ती गाउँ प्रवद्र्धन गर्नका लागि भिटोफले विभिन्न खालका पर्यटकीय अभियान चलाएको थियो । त्रिभुवन राजपथवाट करिब ५ मिनेट हिडेपछि पुगिने कुन्छालमा १ सय ६५ वटा एकै खाले घर छन । ती घरमा ३ सय भन्दावढी चुल्हो छ । घरको छानैछानाबाट एउटै घरबाट अर्काे घरमा जान मिल्छ ।

प्रकाशित : आश्विन १२, २०७४ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?