ट्याक्टरको ठक्करले मृत्यु

छोटकरी

ट्रयाक्टरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । प्युठान नगरपालिका ७ बाग्दुलामा मंगलबार दिउँसो रा१त १३२३ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा गौमुखी गाउँपालिका अर्खाकी ८ वर्षीया सविना रानाको घटनास्थलमै मृत्यु भएको हो ।

 

प्युठान (कास)– बाग्दुलामा घर निर्माणका लागि बालुवा लिएर आएको ट्रयाक्टरको ठक्करबाट उनको ज्यान गएको जिल्ला प्रहरीले जनाएको छ । चालक र ट्रयाक्टर प्रहरीको नियन्त्रणमा छन् । मृतकका बुवाआमा बाग्दुलामा होटल व्यवसाय सञ्चालन गर्छन् ।

४ वर्षपछि विद्युत् सुचारु
अछाम (कास)– कैलाश खोलास्थित साना जलविद्युत् केन्द्रको नहर भत्किएको चार वर्षपछि उत्पादन सुरु भएको छ । ०७० भदौमा बाढीले भत्काएको विद्युत् नहर मर्मत सकिँदा पनि उत्पादन सुचारु हुन सकेको थिएन । कर्मचारी अभाव र राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि सिन्कोमाइजर उपकरण नहुँदा उत्पादन सुरु गर्न नसकिएको प्राधिकरण अछाम वितरण केन्द्रका प्रमुख रोशनकुमार ठाकुरले जानकारी दिए । ४ सय किलोवाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् यसअघि सदरमुका मंगलसेन, साँफेबगरलगायत आसपास क्षेत्रमा वितरण गरिएकामा अब भने राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना छ । ‘गत असारमै नहर र टर्वाइन मर्मत सम्पन्न भइसके पनि उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्नका लागि आवश्यक उपकरण र कर्मचारी अभावले उत्पादन सुरु गर्न नसकिएको हो,’ ठाकुरले भने, ‘निरन्तरको प्रयासपछि असोज २ बाट विद्युत् सुचारु गरेका छौं ।’

प्रकाशित : आश्विन १२, २०७४ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?