कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ओलीले भने– ‘आर्थिक समृद्धिका लागि एकता’

कान्तिपुर संवाददाता

काठमाडौं — हाम्रो एकीकरण नेपालको आवश्यकता हो । चुनावी तालमेलको घोषणा पनि गरेका छौं । यो आजको नेपालको राजनीतिक, सामाजिक, आर्थिक पक्ष सुदृढ पार्नका लागि आवश्यक छ ।

 ओलीले भने– ‘आर्थिक समृद्धिका लागि एकता’


यो एकता, तालमेल कसैका विरुद्ध छैन । नेपालको आवश्यकता हो । नेपाली जनताको आकांक्षा, चाहना हो । माओवादी पार्टीका कार्यकर्तालाई लाग्न सक्छ– पार्टीले क्रान्तिकारिता छाड्यो कि, एमालेका कार्यकर्तालाई लाग्न सक्छ– जुझारु, जिम्मेवारपन छाड्यो कि । तर, कसैले केही छाडेको छैन । राष्ट्रको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र स्वाभिमानलाई माथि राख्न चाहन्छौं, सुरक्षित राख्न चाहन्छौं । त्यसका निम्ति हामीले एकजुट हुन आवश्यक छ । हाम्रो देश विविधतायुक्त छ । यस विविधताभित्र पसेर खेलोफडको गर्ने प्रयास नभएका होइनन् । भूगोल–भूगोलका बीचमा, जात–जातका बीचमा, भाषा–भाषा, समुदाय–समुदायका बीचमा कसरी अन्तर्विरोध चर्काउन सकिन्छ अथवा कसरी भावना भडकाउन सकिन्छ भनी द्वन्द्व मच्चाउने प्रयास पनि भए । एक हदसम्म तिनीहरूलाई हामीले परास्त गरेका छौं । हामी न्याय र समानतासहितको, सामाजिक सद्भावमा आधारित व्यवस्था चाहन्छौं । अबको हाम्रो आवश्यकता समृद्धि हो । यस देशको जन्मकुण्डलीमा २०७४ सालमा देशभक्त वामन्थीहरूको सरकार बन्ने लेखेको छ । त्यो कसैले मेट्नै सक्दैन । साधारण बहुमत होइन, अब साधारण बहुमत ठूलो कुरा होइन, हाम्रो ध्यान दुई तिहाइतिर हुनेछ ।

प्रकाशित : आश्विन १८, २०७४ ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?