कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फैलियो डेंगु

छोटकरी
कान्तिपुर संवाददाता

धादिङ — जिल्लामा १५ दिनयता फैलिएको डेंगुले प्रकोपको रूप लिएको छ । जिल्ला अस्पतालले असोज पहिलो साता तीन बिरामीलाई उपचारका लागि राजधानी पठाएकोमा दोस्रो साता थप २२ संक्रमित भेटिएका छन् ।

डेंगुको कीटाणुयुक्त एडिस जिप्टाई प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग जिल्लामा पहिलोपटक देखापरेको हो । सामान्यतया तराईमा मात्रै देखापर्ने यो रोगका संक्रमित १२ सय मिटर उचाइको सुनौला बजारमा भेटिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत महेश्वर श्रेष्ठले जानकारी दिए । प्रजिअ श्यामप्रसाद भण्डारीको अध्यक्षतामा सोमबार साँझ बसेको बैठकले मंगलबारदेखि सदरमुकामका २२ सय घरधुरीमा स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरेको छ । लामखुट्टेका सम्भावित बासस्थान नष्ट गर्ने अभियान थालिएको छ । डेंगुबाट बच्न घरटोल सफा राख्ने, फोहोर पानी जम्न नदिनेजस्ता सावधानी अपनाउन चिकित्सकले सल्लाह दिएका छन् । 

 

प्रकाशित : आश्विन १८, २०७४ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?