अवैध नोटसहित पक्राउ

छोटकरी
कान्तिपुर संवाददाता

लेखनाथ — बुद्ध एयरबाट काठमाडौं जान लागेका भारतीय नागरिक ५ लाख ३२ हजार ५ सय भारतीय रुपैयाँसहित पोखरा विमानस्थलबाट सोमबार पक्राउ परेका छन् । भारतको पश्चिम बंगालस्थित कोलकाताका ३६ वर्षीय कृष्नेडु बेनर्जी २ हजार दरका २ सय १२ र ५ सय दरका २ सय १७ नोटसहित पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आवश्यक कारबाहीका लागि उनलाई भारु रकमसहित राजस्व अनुसन्धान विभाग काठमाडौं पठाएको छ ।

 

Yamaha

Esewa Pasal

प्रकाशित : आश्विन १८, २०७४ ०८:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

फैलियो डेंगु

छोटकरी
कान्तिपुर संवाददाता

धादिङ — जिल्लामा १५ दिनयता फैलिएको डेंगुले प्रकोपको रूप लिएको छ । जिल्ला अस्पतालले असोज पहिलो साता तीन बिरामीलाई उपचारका लागि राजधानी पठाएकोमा दोस्रो साता थप २२ संक्रमित भेटिएका छन् ।

डेंगुको कीटाणुयुक्त एडिस जिप्टाई प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग जिल्लामा पहिलोपटक देखापरेको हो । सामान्यतया तराईमा मात्रै देखापर्ने यो रोगका संक्रमित १२ सय मिटर उचाइको सुनौला बजारमा भेटिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत महेश्वर श्रेष्ठले जानकारी दिए । प्रजिअ श्यामप्रसाद भण्डारीको अध्यक्षतामा सोमबार साँझ बसेको बैठकले मंगलबारदेखि सदरमुकामका २२ सय घरधुरीमा स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरेको छ । लामखुट्टेका सम्भावित बासस्थान नष्ट गर्ने अभियान थालिएको छ । डेंगुबाट बच्न घरटोल सफा राख्ने, फोहोर पानी जम्न नदिनेजस्ता सावधानी अपनाउन चिकित्सकले सल्लाह दिएका छन् । 

 

प्रकाशित : आश्विन १८, २०७४ ०८:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT