२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

चुनावी खर्चले पार्ने असर

राजनीतिक दलहरूले संविधान संशोधनको पहिलो ढोका खुला पारेका छन् स्थानीय चुनाव सम्पन्न पारेर । अब उनीहरूको जिम्मेवारी भनेको संसद् र प्रदेशसभाको निर्वाचन हो, असहमतिबीच सहमति गरेर भएरहित अवस्थामा निर्वाचन सक्नु अहिलेको आवश्यकता हो ।

चुनावी खर्चले पार्ने असर

एकै चरणमा सक्नुपर्ने स्थानीय निर्वाचन विविध कारणले तीन चरण लगाएर सकिएको छ । निर्वाचनमा जनताको राम्रो सहभागिता भएको आँकलन गर्न सकिन्छ । लगभग ७४ प्रतिशत जनताले आफ्नो मत खसालेका थिए स्थानीय निर्वाचनमा । प्रजातन्त्रको बलियो आधार भनेकै निर्वाचन हो । जनताको मतसँग जो डराउँछ उसलाई प्रजातन्त्रवादी भन्न सकिँदैन । अब आउने प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव पनि भयरहित अवस्थामा सम्पन्न गर्नु दलहरूको अर्काे महत्त्वपूर्ण जिम्मेवारी हो । चुनाव हुनु राम्रो हो, चुनावमा गरिने खर्च साह्रै भयावह देखिएको छ । 
एउटा उम्मेदवारले करोडौं खर्च गरेर चुनाव उठेको देखियो, यसको अर्थ के हो ? दलहरूले प्रस्ट पार्नुपर्छ । चुनावमा अनावश्यक खर्च बढाउनु भनेको भ्रष्टाचार बढाउनुबाहेक अरू केही होलाजस्तो लाग्दैन । मुखले मात्र भ्रष्टाचार नियन्त्रण गर्छु भनेर हुँदैन, त्यसलाई व्यवहारमा पनि लागू गर्न सक्नुपर्छ । धनीले धनमाथि धन थुपार्दै गएको छ, गरिब झन् गरिब बन्दै गएको छ । यसको लेखाजोखा कसैले राखेको छैन । स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने चुनावमा पैसाको प्रतिस्पर्धा भएको देख्दा अचम्म लाग्छ । निर्वाचन आयोगको आचारसंहितासम्म ठूला दलका नेताहरूलाई लाग्दैन । जसले नियम कानुन बनाउँछ, उसैले त्यसको उल्लंघन गर्न पाइन्छ ? भरखर सकिएको स्थानीय निर्वाचनमा दलहरूले खर्च गरेको पैसाले त एउटा गाउँको विकास गर्नै पुग्थ्यो । यति धेरै पैसा खर्च गरेर चुनाव जितेका जनप्रतिनिधिले जनताको भन्दा पनि आफूलाई चुनावको बेला जसले सहयोग गरेको थियो त्यसैलाई सहयोग गर्ने हुन् ।
– पुरुषोत्तम घिमिरे
जोरपाटी, काठमाडौं

प्रकाशित : आश्विन १८, २०७४ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?