कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

तथ्य मिलेन कि ?

असोज ७ शनिबार कोसेलीमा प्रकाशित ‘२५० वर्षका २५’ चाख मानी पढियो । जुनसुकै प्रकारको चयनमा पनि विवाद उठ्न सक्ने भएकाले यो चयन पनि विवादरहित छैन । तर तथ्यमा चाहिँ गल्ती हुनु भएन ।

तथ्य पनि कहीँ–कहीँ अतथ्य भएको देखिएकाले उदाहरणका लागि केही लेख्दै छु । ६ पृष्ठमा छापिएको इतिहासका ‘स्कुल’कै कुरा गरुँ । त्यहाँ नयराज पन्त (१९७०– २०५९) द्वारा स्थापित संशोधन–मण्डलको विषयमा ‘धेरै विद्वान्ले भनेका छन्– नेपालमा इतिहासको क्षेत्रमा यदि कसैलाई विश्वास गर्नुपर्छ भने इतिहास संशोधन–मण्डललाई गर्नुपर्छ । विदेशी विद्वान्हरूको धारणा पनि छ । सिल्भा लेभी त्यस्तै लियो ई. रोज, पेट्रिकले यस्तै धारणा प्रस्तुत गरेका छन्’ भनी लेखिएको छ । नेपालको इतिहासमा धेरै काम गरेका सिल्भा लेभी वि.सं. १९१९ मा जन्मी १९९२ मा बितेकाले उनको नेपालसम्बन्धी पुस्तकका अघिल्ला २ भाग वि.सं. १९६२ र तेस्रो भाग वि.सं. १९६५ मा छापिएकाले वि.सं. २००९ देखि प्रकाशन गर्न लागेको संशोधन–मण्डलको विषयमा लेभीले बोल्नु सम्भव छैन । लेभीको नेपाल सम्बन्धी पुस्तकको तेस्रो भाग निस्कँदा संशोधन–मण्डलको प्रवर्तक नयराज पन्त जन्मन अझ ५ वर्ष बाँकी थियो । डिल्लीरमण रेग्मीले संशोधन–मण्डलको खोजीको विषयलाई अङ्ग्रेजीमा अनुवाद गरी प्रचार गरेको भन्ने आरोप संशोधन–मण्डलले लगाएको छ, त्यसलाई विश्वास गर्ने आधार भने छैनन् भनी त्यहाँ लेखिएको छ । यस विषयमा वि.सं. २०१७ देखि संशोधन–मण्डलले सप्रमाण लेख्दै आएकाले र अन्तिम पटक अति विस्तृत रूपमा वि.सं. २०६६ मा छापिएको पूर्णिमा १३१ पूर्णांकमा लेखिसकेकाले यस लेखका लेखकलाई राम्रोसँग विचार गरेर मात्र कलम चलाउन अनुरोध गर्छु ।
– रोशनी श्रेष्ठ
थानकोट, काठमाडौं

प्रकाशित : आश्विन २०, २०७४ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?