३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

डुबेर मृत्यु

छोटकरी
कान्तिपुर संवाददाता

दमक — चिप्लिएर खोलामा डुब्दा शुक्रबार गौरीगन्ज गाउँपालिका ६ देवीगन्जमा एक महिलाको मृत्यु भएको छ । घर लिप्ने माटो लिन गएकी स्थानीय २१ वर्षीया पिंकीदेवी यादवको गेउरिया खोलामा डुबेर मृत्यु भएको हो ।

माटो खन्ने क्रममा यादव चिप्लिएर खोलामा खसेकी थिइन । खोलाबाट तत्कालै निकाल्ने कोही नहुँदा उनको डुबेर मृत्यु भएको वडाध्यक्ष बद्रीनारायण यादवले बताए । उनका अनुसार पिंकी गाउँकै बहिनी नाता पर्ने एक सानी बालिका लिएर माटो लिन गएकी थिइन् । पिंकी खोलामा डुबेपछि बालिकाले गुहार मागेकी थिइन् । केहीबेरमा बस्तु बाँध्न गएका भेला भएर पिंकीलाई खोलाबाट निकालेका थिए । उनी दसैं मनाउन गौरीगन्ज माइती आएकी थिइन् ।

प्रकाशित : आश्विन २१, २०७४ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?