कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

खड्कालाई नहटाउन अन्तरिम आदेश

कान्तिपुर संवाददाता

काठमाडौं — सर्वोच्च अदालतले आयल निगमबाट बर्खास्त गरिएका विवादास्पद कार्यकारी निर्देशक गोपाल खड्कालाई तत्कालका लागि पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले खड्कालाई हटाउने मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिँदै उनलाई हटाउनुको कारण सरकारलाई पेस गर्न भनेको छ ।

खड्कालाई नहटाउन अन्तरिम आदेश


सर्वोच्चको आदेशपछि सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत खड्कालाई हटाउनुको कारणसहित लिखित जवाफ दिनेछ । त्यसपछि खड्कालाई हटाउने निर्णयविरुद्धको अन्तरिम आदेशलाई निरन्तरता दिने/नदिने भन्नेबारे संयुक्त इजलासमा छलफल हुनेछ । खड्कालाई गत असोज २ मा मन्त्रिपरिषद्ले
हटाएको थियो ।
संसदीय समितिको सिफारिसअनुसार सरकारले खड्कालाई पदच्युत
गरेको थियो । निगमले पेट्रोलियम भण्डारणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको ठहरसहित आधा दर्जन संसदीय समितिले उनीमाथि कारबाहीको निर्देशन दिएका थिए । निगमले ९० दिनलाई पुग्ने इन्धन भण्डारण गर्न भैरहवा, झापा, चितवन र सर्लाहीमा जग्गा खरिद गरेको थियो । उक्त जग्गा खरिदमा व्यापक अनियमितता भएको संसदीय समितिहरूको ठहर छ ।
निगमले जग्गा खरिद गर्दा संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति, सार्वजनिक लेखा, अर्थ, सुशासन तथा अनुगमन र विधायन समितिले अनियमितता भएको ठहर्‍याएका थिए । लेखा समितिले थप छानबिन र कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत आग्रह गरिसकेको छ ।
खड्का निगममा २०७१ माघ १४ मा नियुक्त भएका थिए । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा तत्कालीन आपूर्तिमन्त्री (हाल उद्योगमन्त्री) सुनीलबहादुर थापाले खड्कालाई नियुक्त गरेका थिए ।
खड्का पदमा बहाल भएदेखि विवादमा थिए ।

प्रकाशित : आश्विन २३, २०७४ ०६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?