कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फ्रान्स विश्वकप नजिक, संकटमा नेदरल्यान्ड्स

एएफपी

पेरिस — ब्लेस माटुइडीले तेस्रो मिनेटमा गरेको गोल मदतमा फ्रान्सले विश्वकप छनोटअन्तर्गत शनिबार बुल्गेरियालाई १–० ले पराजित गर्‍यो । यो जितसँगै फ्रान्स समूह ’ए’ को शीर्षस्थानमा कायमै रह्यो ।

 फ्रान्स विश्वकप नजिक, संकटमा नेदरल्यान्ड्स

बेलारुसलाई पराजित गरेको नेदरल्यान्ड्सको भने यसपटक विश्वकपमा छनोट नहुने सम्भावना बढेको छ ।

बेलारुसविरुद्ध ३–१ को जित दर्ता गरे पनि नेदरल्यान्ड्स समूहको तेस्रो स्थानमा छ । युरो २०१६ मा पनि छनोट हुन नसकेको नेदरल्यान्ड्स सन् १६ यता पहिलोपटक लगातार दुई ठूला प्रतियोगितामा अनुपस्थित हुने सम्भावना बढेको छ । समूहको तेस्रो खेलमा स्वीडेनले लग्जेम्बर्गलाई ८–० ले पराजित गर्‍यो । मार्कस बर्ग एक्लैले चार गोल गर्दा स्वीडेनको गोलअन्तर नेदरल्यान्ड्सको तुलनामा १२ बढी छ । अन्तिम चरणको खेलमा आमनेसामने हुन लागेका स्वीडेन र नेदरल्यान्ड्सको खेलमा डच टोलीले ७ गोलको फरकमा जित हात पारे मात्र प्ले–अफ पुग्ने सम्भावना रहनेछ ।
बेन्चमा रहेका क्रिस्टियानो रोनाल्डो दोस्रो हाफमा मैदान प्रवेश गरेर सुरुआती अग्रता दिलाएपछि पोर्चुगलले एन्डोरालाई २–० ले पराजित गर्‍यो । पहेंलो कार्ड खाएमा अर्को खेलमा प्रतिबन्ध हुने डरले प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोलाई विश्राम दिएका थिए । तर खेलमा पकड बनाउन नसकेपछि उनले दोस्रो हाफमा रोनाल्डोलाई मैदानमा पठाए । रोनाल्डोले ६३ औं मिनेटमा गोल गर्दा आन्द्रे सिल्भाले टोलीको लागि दोस्रो गोल गरे । समूहको अर्को खेलमा स्वीट्जरल्यान्डले हंगेरीलाई ५–२ ले पराजित गर्‍यो । उसको जितमा स्टिभन जुबरले २ गोल गरे भने ग्रानिट झाका, फाबियान फ्रेई र स्टेफन लिक्सटाइनरले १–१ गोल गरे । समूहको शीर्षस्थानमा रहेको स्विस टोलीको पोर्चुगलभन्दा ३ अंक बढी छ । अन्तिम चरणमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई पराजित गरेमा पोर्चुगल समूहविजेता हुनेछ ।
समूह ‘एच’ को खेलमा साइप्रसविरुद्ध पुनरागमन गरेको ग्रिस २–१ को जितसँगै दोस्रो स्थानमा उक्लियो । विश्वकपमा छनोट भइसकेको बेल्जियमले बोस्निया एन्ड हर्ज गोभिनालाई ४–३ ले हराएपछि ग्रिसले प्ले–अफमा पुग्ने सम्भावना बलियो बनायो । पिरस सोतिरिउको गोलमा साइप्रसले अग्रता लिए पनि दोस्रो हाफको सुरुआती तीन मिनेटमा गोल खायो । कोस्टास मित्रोग्लु र एल्क्जान्द्रोस जिओलिसले गोल गरेपछि ग्रिसले दोस्रो स्थानमा दुई अंकको अग्रता बनायो । ग्रिसले अन्तिम खेलमा जिब्रालटारको सामना गर्दैछ । बोस्नियाले २–० को अग्रता लिए पनि त्यसलाई बचाउन नसक्दा हार बेहोर्‍यो ।

प्रकाशित : आश्विन २३, २०७४ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?