अग्निदहनको प्रथम प्रदर्शन

शनिबार प्रकाशित समाचारले मेरो ध्यानाकृष्ट गर्‍यो । ‘अग्निदहन प्रदर्शनको तयारीमा’ समाचार छापिएको रहेछ । उक्त समाचारमा प्रकाशित लेखकको नाम र चलचित्रबारे लेखिएका कुराले केही भ्रम सिर्जना भएको हुँदा यो पत्र लेखेकी हुँ ।

पत्रकार तथा विज्ञान कथाकार लोकमणि पौडेलको अप्रकाशित उपन्यासमा आधारित रहेर निर्माण गरिएको उक्त चलचित्रको पटकथाकार तथा संवाद लेखक पनि उहाँ स्वयं हुनुहुन्छ । विभिन्न रोग र तिनको उपचार पद्धतिबारे दर्शकलाई बुझाउने प्रयास नै कथाको मुख्य विषय हो । उहाँको उक्त उपन्यास गोरखा पब्लिकेसन्सबाट छाप्ने तयारी भइरहेको छ । उक्त कथाबाट प्रभावित भएर नै राष्ट्रपति विद्या भण्डारीले चलचित्र हेर्ने इच्छा प्रकट गर्नुभएको थियो र गत भदौ १६ गते राष्ट्रपति भवनमा चलचित्रको प्रथम प्रदर्शन भएको थियो । जबकि समाचारमा लेखकको नाउँ लोकमणि नेपाल भनी छापिएको छ भने फिल्ममा वर्णित रोगहरूबारे कुनै चर्चा गरिएको छैन ।
– सुषमा तिमल्सिना
कर्मचारी, गोरखा पब्लिकेसन्स प्रा.लि.

 

प्रकाशित : आश्विन २३, २०७४ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?